Thursday, 10 January 2013
५२ वर्षिया महिलामाथि सामुहिक बलात्कार
पाँचथर जिल्लाको रानिटार गाविसकी एक ५२ वर्षिया महिलामाथि सामुहिक बलात्कार भएको छ।
देशका बि–भिन्न स्थानमा महिला हिंसा र त्यस विरुद्ध प्रदर्शन भइरहेका बखत पाँचथर जिल्लाको रानिटार गाँउ बिकास समिति वडा नम्वर २ मा ५२ बर्षीय महिला सामुहिक बलात्कारको सिकार छन ।
महिलालाई स्थानीय राम राई र टाइसन तामाङ लगायतले बलत्कार गरेका हुन ।
महिलालाई अपरान्ह ४ वजे फिदिमबाट रानिटार जाँदै गरेको ट्याक्टरका चालक र सहयोगीले सडक नजिकै बेहोस अवस्थामा भेटेपछि गाँउलेलाई खवर गरेका थिए ।
त्यसपछि गाँउलेहरुले उनलाई उद्धार गरेर स्वास्थ सस्था पुर्याएका थिए । होस खुलेपछि आफु बलात्कृत भएको पीडितले बताएकी थिइन । उनले घटनाबारे जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएकी छिन ।
जाहेरीका आधारमा स्थानीय विजय तामाङलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकृत गोपाल ढकालले जानकारी दिए ।
घट्नामा संलग्नको खोजी तथा पीडितको उपचार भइरहेको प्रहरीले जनाएको छ । ती महिला बुधवार रानिटार २ को डिएम चोक नजिकै बेहोस र निर्वस्त्र अवस्थामा भेटिएकी थिइन ।
गाँउलेले उद्धार गरेर स्वास्थ सस्थामा लगी उपचार गराएपछि होस खुलेको बताइएको छ ।