Thursday, 17 January 2013

सरुवाको धम्की दिएर चन्दा असुल्छन वनमन्त्री

वन तथा भूसंरक्षणमन्त्री यदुवंश झाले पार्टीको लेटरप्याड प्रयोग गरी मन्त्रालयमातहतका सरकारी कार्यालयसँग चन्दाका लागि दबाव दिएका छन् । जिल्लामा मात्रै नभई उनले केन्द्रका ठूला कर्पोरेट हाउस र कम्पनीलाई पनि यसैगरी चन्दापत्र पठाएका छन् ।
एनेकपा माओवादी र नेकपा-माओवादीले महाधिवेशनका लागि भन्दै सरकारी र निजी संस्थाबाट जबर्जस्ती चन्दा असुलिरहेका बेला सरकारकै मन्त्रीले पार्टीको राष्ट्रिय सम्मेलनका लागि भन्दै चन्दा दबाब दिएको कारोबार दैनिकमा खबर छ । लेटरप्याडमा यथाशक्य लेखिए पनि पार्टीका कार्यकर्ताले फोनमार्फत ठूलो रकम माग गरेर धम्क्याउने गरेको कार्यालय प्रमुखले बताएका छन् । उनले आर्थिक सहयोग नगरे सरुवा गर्ने चेतावनी पनि दिने गरेका छन् । मन्त्री झा नेकपा -माले समाजवादी) का उपाध्यक्ष हुन् । उनले् वनमन्त्री तथा पार्टी उपाध्इषको हैसियतामा पार्टीकै छापसहितको चन्दा पत्रमा हस्ताक्षर गरेका छन् । पत्रमा ‘काठमाण्डौंमा माघ ६ देखि सुरु हुने राष्ट्रिय सम्मेलनलाई आर्थिक सहयोग गर्न’ भनिएको छ ।

You Might Also Like This

 

Pages