Thursday, 3 January 2013

'रकस्टार'मा रणवीरकी प्रेमिका बनेकी नर्गिस अब पत्रका

मुम्बई, पुस १९ (एजेन्सी)- प्रशंसित फिल्म 'रकस्टार'बाट बलिउडमा डेब्यु गरेकी अमेरिकी मोडल नर्गिस फक्री अब सुजित सरकारको फिल्म 'मद्रास क्याफे'मा देखिने भएकी छन्। निर्देशक सरकारका अनुसार नर्गिसले फिल्ममा पत्रकारको भूमिका निर्वाह गरेर धेरैलाई चकित पार्नेछिन्।  'नर्गिसलाई दिइएको भूमिका सुहाउँदो छ। उनले 'मद्रास क्याफे'मा अभिनय गरेर सबैलाई आश्चर्यमा पार्नेछिन्। उनी पत्रकारको भूमिकामा देखिँदैछिन्,' निर्देशक सरकारले भने। यसअघि फिल्मको नाम 'जाफ्ना' राखिएको थियो l


'रकस्टार'मा रणवीर कपुरको जोडी बनेकी ३३ वर्षीया नर्गिसले यस फिल्ममा जोहन अब्राहमको साथ पाउनेछिन्। 'मैले फिल्मको कथा खुलासा गर्न मिल्दैन। स्त्रि्कप्टको आवश्यकता अनुसार उनलाई लिइएको हो। दर्शकले फिल्म हेरेपछि आफैं यो महसुस गर्नेछन्। दर्शकले जोहन र नर्गिजको जोडीलाई मनपराउने छन् भन्ने आशा छ,' निर्देशक सरकारले भने।
सरकारले यसअघि 'यहाँ' र 'विक्की डोनर' फिल्म निर्देशन गरेका थिए। फिल्मको पहिलो चरणको सुटिङ दक्षिण भारतमा सिध्याइएको छ। दोस्रो चरणको सुटिङ मुम्बई, दक्षिण भारत र विदेशमा आगामी मार्च महिनामा गर्ने उनको योजना छ।
उनका अनुसार दक्षिण भारतका सुपरस्टार मोहनलाललाई फिल्ममा विशेष भूमिकामा देखाइने योजना छ। 'हामी उहाँसँग छलफल गरिरहेका छौं। फिल्ममा एउटा महŒवपूर्ण भूमिका छ, जसमा मोहनलाल नै चाहिएको छ, हेरौं के हुन्छ। अहिलेसम्म उहाँको टुंगो लागिसकेको भने छैन,' उनले भने।
चेक गणतन्त्रका बुबा र पाकिस्तानी आमाबाट न्युयोर्कमा जन्मिएकी नर्गिसले अक्षय कुमारको हरिओम प्रोडक्सनका तीन फिल्मका लागि सम्झौता गरिसकेकी छन्। निर्देशक सरकारले अमिताभ बच्चनलाई लिएर निर्देशन गरेको फिल्म 'शु-बाइट' पोस्टप्रोडक्सन सकेर रिलिज हुन बाँकी छ।

You Might Also Like This

 

Pages