Wednesday, 16 January 2013
लण्डनको टावरमा हेलिकोप्टर ठोक्कियो
लण्डनको मध्य शहरमा रहेको अग्लो टावरमा हेटिकोप्टर ठोक्किएर दुर्घटना भएको छ । अगष्टा १०९ नाम गरेको उक्त हेलिकोप्टर ट्राफिक चाप भएको समयमा टावरमा ठोक्एिको हो । दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।
पूर्वी लण्डनका लागि उडेको हेलिकोप्टर नवनिर्मित सेन्ट जर्ज टावरमा जडान गरिएको क्रेनको टावरमा ठोक्किएको अधिकारीहरुले बताएका छन् । दुर्घटनामा दुई वटा कारमा समेत क्षति पुगेको छ बीबीसीले जनाएको छ ।