Sunday, 13 January 2013

ऋण लिने बिषयमा बिबाद हुँदा आफ्नै दाजुको हत्या

पाल्पा,पुष २९ । पाल्पामा ऋण लिने बिषयमा बिबाद हुँदा एकजनाले आफ्नै दाजुको हत्या गरेका छन् । तानसेन ११ का २३ बर्षिय सुजन कोईरालाले २५ वर्षीय दाजु सुदीपको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार दाजुको नाममा २५ लाख ऋण लिने बिषयमा बिबाद भएपछि भाई सुजनले सेनाका बहालवाला सिपाहीसहित अर्का एक जनासित मिलेर दाजुको हत्या गरेका हुन । गएको २३ गते राती आफ्नै घरमा हत्या भएका सुदीपको शनिबार मात्र शव फेला परेको प्रहरीले जनाएको छ । 

You Might Also Like This

 

Pages