राजधानीमा मंगलबार राज्यद्वारा वेपत्ता योद्धा राजेन्द्र ढकालको सम्मान र सम्झना नामक कृति विमोचन भएको छ। वेपत्ता राजेन्द्र ढकालको परिवारले प्रकाशनमा ल्याएको कृतिको विमोचन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गरे। कार्यक्रममा राज्य पक्षबाट २०५५ पुस २४ गते वेपत्ता पारिएका ढकालकी श्रीमती विमला छोरीहरु मञ्जिमा र ममताले प्रधानमन्त्री समक्ष राजेन्द्रको खोजी गरिदिन आग्रह गरे। परिवारको सदस्य वेपत्ता भएको पीडामा मञ्चमा पुगेका ढकालका श्रीमती र छोरीहरुका शब्दले कार्यक्रममा उपस्थित सबैलाई भावुक बनाएको थियो। फोटो र भिडियो: