Tuesday, 15 January 2013

बृद्धलाई १० बर्ष कैद

जिल्ला अदालत मकवानपुरले बलात्कार गरेको अभियोगमा दोषि ठहर गर्दै एक जना बृद्धलाई १० बर्ष कैद र पीडितलाई एकलाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ। मकवानपुर भार्ता गाबिस वडा नंम्बर ९ बस्ने ६५ बर्षिय वीरबहादुर थिङले सात बर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा अदालतले सो फैसला सुनाएको हो।
स्थानीय सात बर्षिय बालिकालाई गोठालो गएको मौका छोपी भार्ताको रातोमाटे जंगलमा गत भदौ ३ गते थिङले बलात्कार गरेकाले १० बर्ष कैद र एक लाख रुपैया क्षतिपूति भराउने फैसला गरेको जिल्ला अदालत मकवानपुरका श्रेष्तेदार कोशलेश्वर ज्ञवालीले बताए।

You Might Also Like This

 

Pages