Thursday, 17 January 2013
सनी लियोन अब एक्सन फिल्ममा
भारतीय मूलकी क्यानाडेली पोर्न स्टार सनी लियोन अब एक्सन फिल्ममा देखिने भएकी छिन्। टीना और लोलो नामको यो फिल्मको सुटिङ मे महिनादेखि सुरु हुने जीन्युजले जनाएको छ।
सनीलाई यो फिल्मको स्क्रिप्ट राम्रो लागेकोले आफ्नो स्वीकृति दिइसकेको बताइन्छ। फिल्मका बाँकी कलाकारको चयन भने भइसकेको छैन। फिल्मको सुटिङ अगाडि सनीलाई एक्सन सिन गर्नका लागि ट्रेनिङ दिइने भएको छ।
सेक्स थ्रिलर जिस्म २ हेरेपछि निर्देशक देवांग ढोलकियालाई सनीसँग काम गर्न इच्छा जागेको रहेछ।