Tuesday, 22 January 2013

बैंकबाट पैसा झिकेर गईरहेकामाथी गोली हानेर ६ लाख लुटियो

दाङ, माघ ९ । दाङको तुलसीपुर नगरपालिका वडा नम्बर १ स्थित सातताले खोलामा लुटेराहरुले चलाएको गोली लागरे एक जना गम्भीर घाइते भएका छन् । सल्यानको कपुरकोटमा आईएमई संचालन गरेर बसेका सर्लाहीका मनोहर सापकोटालाई लुटरा समूहले गोली हानेर घाइते बनाएका हुन् । तुलसीपुरस्थित इन्भेस्टमेन्ट बैंकबाट ६ लाख ४७ हजार रुपैयाँ बोकेर गईरहेका सापकोटालाई सातताले खोलामा पुगेपछि उनीहरुले गोली हानी पैसा लुटेको जनाइएको छ । पेटमा गोली लागेका सापकोटाको नेपालगञ्जमा उपचार भैरहेको छ । 


You Might Also Like This

 

Pages