Monday, 21 January 2013

बंगलादेशमा मुस्लिम धार्मिक नेतालाई फांसीको सजाय

बंगलादेशमा युद्ध अपराध न्यायालयले मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मुस्लिम धार्मिक नेतालाई फांसीको सजाय सुनाएको छ । सन् १९७१ को स्वतन्त्रता संग्रामका क्रममा व्यक्तिगत रुपमा ६ हिन्दुको गाली हानी हत्या ष्रेको र महिलाको बलात्कार गरेकोमा आरोपमा दोषी ठहर गर्दै अदालतले मौलाना अब्दुल कलाम आजादलाई फांसीको सजाय सुनाएको हो ।
युद्ध अपराधको सुनुवार्इका लागि गठन भएको अदालतको यो पहिलो फैसला हो । तीन वर्षपहिले स्थापना भएको विवादित अदालतले अझै संयुक्त राष्ट्रसंघको मान्यता पाएको छैन । बीबीसीका अनुसार मौलाना जमाते इस्लामीका सदस्य हुन् र सुनुवाईका क्रममा उनी अनुपस्थित थिए । उनी पछिल्लो वर्ष अपि्रलमा पाकिस्तान भागेका थिए । जमाते इस्लाम बंगलादेशलाई पाकिस्तानबाट अलग गर्ने निर्णयविरुद्ध आन्दोलित थियो ।

You Might Also Like This

 

Pages