Tuesday, 1 January 2013

कारागार मै चक्रे मिलनको ल्होसार पार्टी

१७ पुस, काठमाण्डौं । कहिले हतियारसहितका व्यक्ति बन्दी भेटघाट कक्षसम्म पुगेर बन्दीमाथि गोली प्रहार गर्छन त कहिले यौनइच्छा पूरा गराउन प्रहरी आफै बन्दीलाई गेष्ट हाउस पुर्‍याइदिन्छन् । कुटपिट, हप्ता असुलीका घटना नियमितझै सार्वजनिक हुने केन्द्रीय कारागारमा अहिले भिन्न कार्यक्रमले चर्चामा छ । लागू औषध र अवैध हतियार बोकेको अभियोगका तीन बर्ष देखि केन्द्रीय कारागारमा रहेका चक्रेमिलन भनिने मिलन गुरुङले आइतबार हेमन्त राना लगायत चारजना कलाकारलाई कारागारभित्रै बोलाएर ल्होसार पार्टी दिए । अनि पार्टीका प्रमुख अतिथि बने जेलर होम थपलिया ।
चक्रपथलाई अपराधको आधार क्षेत्र बनाएर संगठित अपराधिक समूह सञ्चालनमा सक्रिय चक्रेलाई प्रहरीले खोजी गरेपछि उनी भागेर भैरहवा पुगेका बेला २०६६ साल असार २८ गते पेस्तोल र लागू औषधसहित पक्राउ परेका थिए । चक्रेको आयोजना भएको पार्टीको रौनक बढाउन कारागार प्रशासनले कारागारभित्रै कलाकार लैजान अनुमति दिएको खबर नागरिक दैनिकले छापेको छ ।

You Might Also Like This

 

Pages