Wednesday, 16 January 2013
धुर्मुस र सुन्तलीको प्रस्तुती हेर्न दर्शकको भीड
अत्तरिया सांस्कृतिक महोत्सव २०६९'मा धुर्मुस र सुन्तलीको प्रस्तुती हेर्न दर्शकको भीड लागेको छ ।
कैलालीको अत्तरियामा जारी 'अत्तरिया सांस्कृतिक महोत्सव २०६९' मा आज हास्य टेली श्रृङखला 'मेरी बास्सै'का कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को जोडीले आफ्नो प्रस्तुती राख्ने भएको छन् ।
उनीहरुले केहिबेरमा आफ्नो प्रस्तुती राख्ने आयोजक न्यु सिर्जनशिल युवा क्लबले जनाएको छ । यस्तै महोत्सवमा अन्य देउडा गायक तथा स्थानीय कलाकारहरुले पनि आफ्ना प्रस्तुतीहरु राखिरहेका छन् ।
माघ ७ गतेसम्म चल्ने महोत्सवमा दिनप्रतिदिन दर्शकहरुको भीड बढ्दै गएका छन् । महोत्सवको छैठौँ दिन सम्म पुग्दा आज सबैभन्दा बढी दर्शकहरु महोत्सवको अवलोकलनका लागी पुगेका छन् ।
आज करिब १० हजार भन्दा बढी दर्शकहरु महोत्सव अवलोकनका लागी पुगेको बताइएको छ ।