Friday, 11 January 2013

यो बर्ष भ्रमण गर्नुपर्ने एसियाका उत्कृष्ट सहरको सूचीमा काठमाण्डौं पनि परेको छ

यो बर्ष भ्रमण गर्नुपर्ने एसियाका उत्कृष्ट सहरको सूचीमा काठमाण्डौं पनि परेको छ । भ्रमण सुझाव दिने प्रसिद्ध अमेरिकी वेबसाइट ‘ट्रिपएडभाइजर डटकम’ ले सन् २०१३ का लागि तयार पारेको एसियाली सहरको सूचीमा काठमाण्डौं १० नम्बरमा परेको हो । ट्रिपएडभाइजरको भ्रमण सूचीमा नेपालको राजधानी काठमाण्डौं ऐतिहासिक स्थल, प्रसिद्ध मठमन्दिर, तीर्थस्थल र मनमोहक गाउँले घेरिएको उल्लेख छ ।
‘त्यसमाथि तीनवटा दरबार स्क्वायरमात्र नभई पर्वतारोही र पदयात्रीलाई एकै थलोमा जमघट गराउने ठमेल पनि यहीँ छ,’ ट्रिपएडभाइजरले तयार पारेको २५ सहरको सूचीमा काठमाण्डौंको बयान यसरी गरिएको खबर नागरिकले छापेको छ । सूचीमा कम्बोडियाको सियाम रिप पहिलो स्थानमा छ । दोस्रो र तेस्रो स्थानमा चीनको बेइजिङ र साङघाइ परेका छन् । चौथोमा थाइल्याण्डको चियाङ माई, पाँचौमा माल्दिभ्सको माले, छैटौंमा भारतको गोआ, सातौंमा फिलिपिन्सको बोराके, आठौंमा चीनकै हङकङ र नवौंमा भियतामको हनोइ सहर परेका छन् ।

You Might Also Like This

 

Pages