Wednesday, 23 January 2013
आफ्नै श्रीमानले बनाए श्रीमतीलाइ कर्लगल
जीवनसाथी मानेर अग्निलाइ सातफेरा लगाएर बाधिएको श्रीमान श्रीमतीको बैबाहिक सम्बन्धलाइ कुनै–कुनै पुरुषले अत्यन्तै नीच ब्यबहार गरेर धमिलो पारिदिन्छन । अपबित्र बनाइदिन्छन । भारतका एक श्रीमान भनाउदाले यस्तै निच काम गरेका छन । आफ्नी श्रीमतीको फोन नम्बर पोर्न साइटमा राखेर ।
२०११ मा आगराका अश्विन गौतमसँग विबाह बन्धनमा बाधिएकी संगम बिहारकी अनामिका नाम गरेकी एक युवतिको फोन नम्बर श्रीमानले पोर्न साइटमा राखिदिएपछि ती युवतिलाई देश बिदेशबाट सेक्सको लागि फोन आउन थाल्यो ।फोनमा सेक्सको म्यासेज आउन थाल्यो त्यस्तै अश्लिल भिडियो र फोटो पनि आउन थाल्यो ।
आफ्नो मोबाइलमा एक्कासी यस्ता म्यासेज र फोन आउन थालेपछि फोन गर्नेहरुलाइ उनले नम्बर कहाँबाट पायौ भनेर सोध्दा उनीहरुले दर्जनौ पोर्न साइटमा तिम्रो नम्बर रहेको र त्यहिबाट लिएको भनेपछि युवति छांगाबाट खसेसरी भईन । उनले यस्तो कुरा आफ्ना माइती परिवारलाई बताईन ।
परिवारले सबै प्रमाणहरु जुटाएर पोर्न साइटमा रहेको फोन नम्बर हटाउन भन्दै पुलिसमा रिर्पोट लेखाए ।पुलिसले साइबर सेललाई खबर गरेको र प्रहरीले यसको बारेमा अनुसन्धान गरेको बताएको छ ।
२ बर्ष अघि उनीहरुको बिहे भएको भएपनि घर परिवारले दाइजो र श्रीमानले सेक्सका लागि जबरजस्ती गर्दै आएका कारण उनले यस्तो सहन नसकेर माइतीको शरणमा गएर बसेकी थिईन । उनी गएको केहि महिना पछि उनलाइ फोन र अश्लिल म्यासेज अनि अश्लिल भिडीयोहरु आयन थालेको थियो ।
