Monday, 14 January 2013
बार्सलोना रियल मड्रिडभन्दा १८ अंकले अघि
१ माघ,स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले डिफेण्डिङ च्याम्पियन रियल मड्रिडसँग १८ अंकको अग्रता लिएको छ ।
आइतबार राति मालागोलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले उपाधी दावेदारी बलियो बनाएको हो । बर्सिलोनाको जितमा कीर्तिमानी चौथो पटक सर्वोकृष्ट खेलाडी घोषित लिओनल मेस्सीसँगै सेस फेव्रिगास र थिएगोले समान १–१ गोल गरे ।
जितपछि बार्सिलोनाको १९ खेलबाट ५५ अंक भएको छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड ११ अंकले पछि छ । रियल जारागोजालाई २–० ले पराजित गरेको एथ्लेटिको मड्रिडको समान खेलबाट ४४ अंक छ । ३७ अंक मात्र जोडेको डिफेण्डिङ च्याम्पियन रियल मड्रिड भने १८ अंकले पछि परेको छ र उपाधी होड कठिन भएको छ ।