Wednesday, 23 January 2013

दैलेखमा झडप, ५० घाइते, माओवादी कार्यालय जलाइयो

दैलेख, माघ १० । दैलेखमा एकीकृत माओवादी र विपक्षी दलका कार्यकर्ताबीच भएको झडपमा दुवै तर्पmका गरी झण्डै ५० जना घाइते भएका छन् । झडपमा घाइते हुनेहरुमा कांग्रेस जिल्ला अध्यक्ष कृष्ण बिसी, एमाले जिल्ला अध्यक्ष अमरबहादुर थापा, जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा लगायत रहेका छन् । प्रहरीको लाठीचार्ज तथा दोहोरो झडपमा घाइते हुनेहरुमा महिला र बालबालिका समेत रहेका छन् । विहानैदेखि शुरु भएको झडप दिनभर चलेको थियो भने झण्डै आधा दर्जन स्थानमा झडप भएको थियो । त्यस क्रममा प्रहरीले १ सय राउण्ड भन्दा बढी अश्रु ग्याँस प्रहार गरेको थियो भने ५ राउण्ड हवाई फायर पनि गरेको हाम्रा संवाददाताले जनाएका छन् । आन्दोलनकारीले दैलेखस्थित एकीकृत माओवादीको जिल्ला पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् भने नेकपा–माओवादीको कार्यालयमा पनि सामान्य तोडफोड भएको छ । झण्डै एक हजारको संख्यामा सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको भएपनि प्रहरी झडप रोक्न असफल भएको थियो । सदरमुकाम दैलेख बजारदेखि आधा घण्टा पर नेपाली सेनाको ब्यारेक नजिकै काँडाचौर भन्ने स्थानमा आयोजित एमाओवादीको जिल्ला अधिवेशन पनि विपक्षी आन्दोलनका कारण पूरै विथोलिएको छ । यद्यपी झडपकै बीच एमाओवादी नेताहरुले उद्घाट्न सत्र सम्पन्न गरेका थिए ।

You Might Also Like This

 

Pages