Wednesday, 16 January 2013

जाँडरक्सी खाएर गाडी चलाए सार्वजनिक मुद्दा

सार्वजनिक गाडी चलाउनेले जाँडरक्सी खाएर गाडी चलाएको पाइए उनीहरुलाई सार्वजनिक अपराध ऐन अनुसार कारबाही गर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। प्रहरीले गएको दशैँ तिहारदेखि सार्वजनिक गाडीमा मापसे गर्नेलाई सार्वजनिक अपराधको मुद्दा चलाउने गरेको छ।
सोमबार बेलुका काठमाडौबाट सर्लाही र वीरगञ्ज छुटेका दुई वटा बसका चालकलाई प्रहरीले अहिले मुद्दाको प्रक्रिया अगाडि बढाएको छ। गौशालाबाट सर्लाहीका लागि छुटेको ना ३ ख ३५ २० नम्बरको बसका चालक मनोजकुमार श्रेष्ठ र वीरगञ्ज जादै गरेको बा ४ ख ६१ २७ नम्बरको बसका चालक दिलबहादुर माझीलाई मुद्दाको प्रक्रिया अगाडि बढाइएको हो।

You Might Also Like This

 

Pages