Saturday, 5 January 2013

कस्तो हुँदैछ महिला हिंसा विरुद्धको धर्ना, को–को आए ? (भिडियोसहित)

काठमाडौं, पौष २१ । मुलुकमा पछिल्लो समय महिला हिंसाको घटनामा निरन्तर बृद्धि हुने क्रम नरोकिएको भन्दै महिला अधिकारकर्मीदेखि सर्वसाधारणसमेत आक्रोशित बनेका छन् । पछिल्लो समय बढेका महिला हिंसा घटनाका दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै शनिबार पनि महिला अधिकारकर्मी लगायतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिने कार्यलाई निरन्तरता दिए । महिला अधिकारकर्मीले बालुवाटारमा धर्ना दिन थालेको आज ९ दिन पुरा भएको छ भने धर्नामा उपस्थिति हुने मानिसहरुको संख्यामा पनि दिनप्रतिदिन बृद्धि हुँदै गईरहेको बताइएको छ । धर्नामा उपस्थितहरुले महिलामाथी हुने गरेको हिंसालाई सरकारले नियन्त्रण गर्न नसकेको भन्दै चर्को नारावाजी समेत गरेका थिए । धर्नामा प्रत्येक दिन आ–आफ्नोतर्फबाट ऐक्यवद्धता जनाउने क्रम जारी छ । आज नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले महिला विरुद्ध हुने हिंसा विरोधी अभियानमा सम्पूर्ण सञ्चारकर्मीहरुको ऐक्यबद्धता रहने भन्दै धर्नामा उपस्थिति जनाए । त्यस्तै धर्नामा नेपाली चलचित्रकर्मीहरुको पनि उपस्थिति रहँदै आएको छ भने खेलाडी, साहित्यकार, सर्वसाधारण लगायतले धर्नामा उपस्थिति जनाएका छन् ।

You Might Also Like This

 

Pages