Wednesday, 2 January 2013
सवा दुई रुपैयाँमै दुई छाक खाना !
१९ पुस, सिन्धुपाल्चोक । अहिलेको महंगीमा एकजनालाई दैनिक खाजा खर्च कति लाग्ला ? यसको अनुमान गर्न जोकोहीलाई मुस्किल पर्छ । त्यसमा पनि मुलुक रजनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई पोषणयुक्त खाना खुवाउन कति खर्चनुपर्ला ? जवाफ कोहीसँग नुहन सक्छ । तर, एक ठेकेदारले सुरक्षाकर्मीलाई दैनिक सवा दुई रुपैयाँमा खाना खुवाउने भन्दै ठेक्का पाएका छन् ।
अहिलेको मंहँगीमा सवा दुई रुपैयाँमै दैनिक दुई छाक खाना र खाजासमेत खुवाउने ठेक्का परेपछि सिन्धुपाल्चोकका सवै अचम्ममा परेको खबर राजधानी दैनिकले छापेको छ । सशस्त्र प्रहरी बल सीमा जवानहरुलाई प्रतिछाक २ रुपैयाँ २३ पैसामा खाना खुवाउने भन्दा सबै अचम्ममा परेका हुन् । सेना, प्रहरी र सशस्त्र प्रहरीमा हरेक बर्ष जवानदेखि अधिकृतहरुलाई खाना खुवाउन रासन ठेक्का हुने गरेको छ । लामोसाँघुमा रहेको सशस्त्र प्रहरीका लागि केही दिनअघि भएको रासन ठेक्कामा दुर्गादेवी इन्टरप्राइजेज एण्ड सप्लायर्स रामेछापका भीमसेनप्रसाद न्यौपानेले दैनिक दुई रुपैयाँ २३ पैसामा दुई छाक खाना खुवाउन सक्ने भन्दै ठेक्का हालेपछि सशस्त्र प्रहरीभित्र खैलाबैला नै सुरु भएको थियो ।source-onlinekhabar