Friday, 4 January 2013

पूर्वरानी कोमल शाहको छातीमा रहेको गोली;-

२० पुस, काठमाण्डौं । पूर्वरानी कोमल शाहको छातीमा रहेको गोलीको छर्रा निकाल्न नसकिने भएको छ भने तत्काल मुटुको अप्रेसन गर्न समेत असम्भव देखिएको छ । आफ्नी श्रीमतीको उपचारका लागि एक महिनाअघि परिवार र आफन्तसहित सिंगापुर पुग्नुभएका पूर्वराजा ‘ज्ञानेन्द्र शाहलाई सिंगापुरस्थित क्विन एलिजावेथ अस्पतालका चिकित्सकरुले कोमलको अप्रेसन गर्न र छर्रा निकाल्न नसकिने बताएको खबर नेपाल समाचारपत्रले छापेको छ ।
सिंगापुरमा पूर्वराजा शाहले आफ्नो स्वास्थ्य परीक्षण पनि गराउनुभएको थियो । उहाँको स्वास्थ्यमा भने कुनै गडबडी देखिएको थिएन् । पूर्वरानीको अप्रेसन गर्नुपर्ने भएकाले आइपर्न सक्ने अप्ठेरोलाई मध्यनजर गर्दै परिवारका सम्पूर्ण सदस्य लगेको भएपनि अप्रेसन गर्न नपर्ने भएपछि केही भने फर्किएको उहाँ निकट स्रोतले बताएको छ ।

You Might Also Like This

 

Pages