Thursday, 10 January 2013
भट्टराईको सम्पत्ति ११ लाख रुपैयाँ
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सम्पत्ति ११ लाख रुपैयाँ भएको सार्वजनिक भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुस ४ गते पेस गरेको विवरणका आधारमा प्रधानमन्त्री भट्टराईको सम्पत्ति ११ लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा भएको राष्ट्रिय समाचार समितिले सार्वजनिक गरेको हो ।
प्रधानन्त्री भट्टराईले राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखामा दुई ओटा खातामा गरी ११ लाख रुपैयाँ राखेको सार्वजनिक भएको हो । प्रधानमन्त्रीको खातामा पारिश्रमिक र भत्तावापत प्राप्त रकमको मौज्दात ११ लाख रुपयाँ छ ।
प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उनकी श्रीमती हिसिला यमि र छोरी मनुषी यमि भट्टराईको सम्पत्ति भने जोडिएको छैन ।