Sunday, 20 January 2013

पूर्व लडाकुद्वारा आफ्नै भाई र भाईका ससुरालाई खुकुरी प्रहार गरि घाईते


काभ्रे,माघ ७ । माओवादीका पूर्व लडाकुले आफ्नै भाई र भाईका ससुरालाई खुकुरी प्रहार गरि सक्त घाईते बनाएका छन् । पारिवारिक झगडाको विषयलाई लिएर मिल्चेका पूर्व लडाकु गणेशबहादुर घिसिङले आफ्नै कान्छा भाइ अनिल घिसिङ र ससुरा देवबहादुर स्याङतानलाई खुकुरी प्रहार गरेका छन् । गत बिहिबार पारिवारिक विवादको विषयलाई लिएर उनले खुकुरी हानेको स्थानीयबासिन्दाले बताएका छन् । दुवै जना घाईतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खुकुरी हानेर भागेका घिसिङको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

You Might Also Like This

 

Pages