Friday, 11 January 2013

कालोपट्टी बाँधेर सडकमा उत्रिए कलाकार

विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका कलाकार शुक्रबार कालोपट्टी बाँधेर सडकमा उत्रिएका छन् । चलचित्र कलाकारले आन्दोलन तताउँदै जाँदा काठमाडौँ तात्तै गएको छ तर सम्बन्धीत निकायले सुनेको छैन् । सरकार समक्ष विभिन्न नौ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका कलाकारले शुक्रबार राजधानीको भृकुटीमण्डपमा कालो पट्टी लाएर विरोध प्रदर्शन गरेका हुन् । कहिले चलचित्र विकास बोर्डमा तालाबन्दै गर्दै त कहिले अनसन बस्दै आन्दोलन गर्दै आएका कलाकार आज कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् । विभिन्न चरणमा फरक फरक प्रकृतिका आन्दोलनमा उत्रिएका कलाकारले शुक्रबार कालो पट्टी बाँधेर आन्दोलन गरेका हुन् । शुक्रबारको आन्दोलनको नेतृत्व चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले गरेका थिए । आन्दोलनमा रहेका कलाकारले आगामी आन्दोलनका कार्यक्रमको समेत घोषणा गरेका छन् । जसमा आइतबार विघटित संविधानसभा भवन अगाडि अभिनयात्मक विरोध प्रर्दशन गर्ने बताएका छन् । कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका कलाकारले सञ्चारमन्त्री राजकिशोर यादवले प्रतिबद्धता पुरा नगरेकाले विभिन्न चरणमा आन्दोलन गर्नु पर्ने बाध्यता आइपरेको बताएका छन् ।

You Might Also Like This

 

Pages