Monday, 21 January 2013

नायिका रेखा थापाको नृत्य

नायिका रेखा थापाले कैलालीस्थित अत्तरियाबासीलाई नचाएकी छन्। पुस २७ गतेबाट कैलालीको अत्तरियामा जारी अत्तरिया सांस्कृतिक महोत्सवको अन्तिम दिन आज नेपाली सिने जगतकी चर्चित नायिका रेखाले नृत्यु प्रस्तुत गर्दै दर्शकहरुलाई समेत नचाएकी हुन् । फिल्ममा जस्तै नायिका रेखाको नृत्य हेर्नका लागि महोत्सवमा पुगेका केही दशर्कहरु भने निरास भएका थिए । महोत्सवमा छोटो सामुहिक नृत्य बाहेक अन्य कुनै प्रस्तुती नराखेपछि उनीहरु निरास भएका हुन् । नायिका थापाले नेपाली चलचित्र अन्दाजको सिम्पल सिम्पल कान्छी बोलको गितमा छोटो नृत्य प्रस्तुत गरेकी थिइन् । महोत्सव आजै समापन गरिएको छ । १२ दिनसम्म चलेको महोत्सवमा दुई दर्जन भन्द बढी राष्ट्रिय तथा स्थानिय चर्चित कलाकारहरुले आफ्ना प्रस्तुतीहरु राखेका थिए ।

You Might Also Like This

 

Pages