Sunday, 20 January 2013

विद्यार्थी बलात्कार गर्न खोज्ने प्रधानाध्यापक प्रहरी खोरमा

परासी,माघ ७ । जताततै महिला हिंसाका घटना बाहिर आइरहेकाबेला नवलपरासी जिल्लामा एक विद्यालयका प्रधानाध्यापकले छिमेकी विद्यालयमा अध्ययन गर्ने छात्रामाथि यौन दुब्र्यवहार गर्न खोजेको आरोपमा प्रहरीले ती प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ । पटक पटक जबर्जस्तीको प्रयास गरेको भन्दै सोमनी गाविस–३ घोडाहास्थित जनता प्राविका प्राध्यापक ३८ वर्षीय रामनाथ चौधरीले गत बिहीबार पनि पुनः सोही क्रियाकलाप दोहो¥याएको भन्दै पीडित छात्राले प्रहरी कार्यालयमा निवेदन दिएको थिइन् । अन्य विद्यार्थीसँगै चौधरीको घरमा ट्युसन पढ्न जाने गर्दै गरेकी जहदा गाविसस्थित निरकु माविमा अध्ययन गर्ने जहदा–२ लेबडाकी १६ वर्षीया छात्रालाई बिहीबार घर कोही नभएको मौका पारी यौन दुर्ब्यवहारको प्रयास गरेको आरोपमा छात्राको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । आफूबाहिर जानुपर्ने हुँदा बिहानै ट्यूशन शुल्क लिएर आउन लगाएका चौधरीले जबर्जस्ती गर्न थालेपछि आफू भाग्न सफल भएको पीडित छात्राले प्रहरीलाई बताइन् । सरले त्यस्तो गरेको कुरा बाहिर भने जे पनि गरिदिने धम्की दिँदै आउने गरेको र डरका कारण सो कुरा आफूले बाहिर नभनेको भएपनि बिहीबार भने अति गरेपछि असैह्य हुँदै आफूले जिल्ला प्रहरी कार्यालयमा कारबाहीको माग गर्दै छात्राले प्रहरीमा निवेदन दिएकी छिन् । करणीको प्रयास गरेको भन्दै पीडित छात्राले दिएको जाहेरीका आधारमा प्रधानाध्यापकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । 

You Might Also Like This

 

Pages