Saturday, 5 January 2013

सोनाक्षीको एउटा गीतका लागि ५ सय जना

मुम्बई, पुस २१ (एजेन्सी) - एउटा  गीतका लागि कति जनासम्म कलाकार प्रयोग होला ? बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको एउटा आइटम गीतका लागि सय जना नर्तक र ४ सय थप मानिस गरी पाँच सय जना प्रयोग गरिने वनइन्डियाले जनाएको छ। हिम्मतवालाको दोस्रो संस्करणका रुपमा बनाउन लागिएको यो फिल्मको थ्याङ्क गड इट्स फ्राइडे बोलको गीतमा सिन्हाले ८० को दशकको डान्स गर्नेछन्।यो गीतका लागि सोनाक्षीको ड्रेस डिजाइन मनीष मल्होत्राले गर्दैछन्। फिल्ममा अजय देवगन र तमन्नाले मुख्य भूमिका गर्दैछन्।
हिम्मतवाला सन् १९८३ मा रिलिज भएको फिल्म हो। पहिलो संस्करणमा जीतेन्द्र र श्रीदेवीले मुख्य भूमिका गरेका थिए। त्यतिबेला जीतेन्द्रले गरेको आफ्नो स्टाइलको डिस्को डान्स निकै फेमस भएको थियो।
२९ मार्चमा रिलिज हुने यो फिल्मका लागि आफ्ना पिताको पालाको कलाकारको डान्स गर्ने चुनौति सोनाक्षीलाई छ। सोनाक्षी शत्रुघ्न सिन्हाकी छोरी हुन्। 

You Might Also Like This

 

Pages