Wednesday, 16 January 2013
लौराले हानेर छोराको हत्या
स्याङ्जा,माघ ३ । पश्चिम स्याङ्जाको पिढीखोला गाविस–८ जोगीमाराका ६८ वर्षीय वृद्ध पदमबहादुर क्षेत्रीले लौराले हानेर आफ्ना ३९ वर्षीय छोरा श्यामबहादुरको हत्या गरेका छन् । वडा प्रहरी कार्यालय वालिङका अनुसार सोमबार राति मादक पदार्थ सेवन गरेर आमालाई कुटेको भन्दै बाबुले छोरालाई टाउकामा लौरोले हान्दा श्यामबहादुरको मृत्यु भएको हो ।
लाठि प्रहारबाट घाइते भएका श्यामबहादुरको अत्याधिक रक्तश्रावका कारण मंगलबार मृत्यु भएको हो । मृत्यु भएका श्यामबहादुरको शव प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याइएको छ भने अभियुक्त पदमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक प्रदीपकुमार डिसीले जानकारी दिनुभयो । रासस