१८ पुस, काठमाण्डौ । नेपालमा सुरक्षा भएन भन्दै थाइल्याण्डमा वस्दै आएका पूर्व युवराज पारश शाहले नेपालमा अब राजतन्त्रै चाहिन्छ भन्ने पक्षमा आफु नरहेको बताएका छन् ।
थाइल्याण्डमा पनि भारतीय मूलका मान्छेले पछ्याएको र आफुमाथि खतरा रहेको भन्दै नेपालीहरुको रेखदेखमा एक अर्पाटमेन्टमा रहँदै आएका पारशले आफ्नो ४१ औं जन्मदिनका अबसरमा यस्तो कुरा बताएका छन् ।सिमित नेपालीहरुका बिचमा जन्मदिन मनाएका पारशले नेपालको राजनीतिक अबस्थाप्रति टिप्पणी गर्दै भने- नेपाल अहिले बेथितीतर्फ गएको छ ।
त्यसकारण मैले तत्कालै सर्वमान्य नेतृत्वको आबश्यकता महसुस गरेको छु । मुलुकलाई अहिले राष्ट्रभक्त र राष्ट्रबादी नेतृत्वको आबश्यकता छ, तर राजतन्त्र चाहिन्छ भन्ने चाहिं हैन । त्यो नसोच्नुहोला ।’
पूर्वयुवराज पारस शाहले नेपाल छाडेको लामो समयपछि आफुले नेपाल छाड्नुको कारण र थाइल्याण्डमा बस्नुको रहस्य
खोलेका छन् । थाइल्याण्डमा राजतन्त्र रहेका कारण यहाँ सुरक्षित हुने ठानी आफु यहाँ बस्न थालेको भन्दै उनले थाइल्याण्ड बसाईलाई निरन्तरता दिने बताएको नेपाल समाचारपत्र दैनिकले छापेको छ । ‘नेपालको बसाई मेरा लागि त्यति सुरक्षित छैन, थाइल्याण्ड राजतन्त्र जीवित रहेको देश भएका कारण यहाँको बसाइलाई निरन्तरता दिएको हुँ’ पारसले भने । गत आइतबार ४१ औ जन्मोत्सव मनाउनेक्रममा पारसले राजतन्त्र खोज्दै आफु थाइल्याण्ड पुगेको बताएका हुन् ।
थाइल्याण्डमा तपाइमाथि गैरकानुनी काम गरेको आरोप छ नी भन्ने प्रश्नमा पारशले भने- त्यो सवै सुनियोजित षडयन्त्र हो । मलाई लगाइएको आरोप सामान्य आरोपमात्र हो, तर म चिनेजानेको मान्छे भएकाले जटिल बनाइएको मात्र हो ।
