Saturday, 5 January 2013

Japan Big Fish Bluefin Tuna sells for record $1.76 million at Tokyo

२१ पुस, काठमाडौं । जापानमा २ सय २२ किलोको एउटा माछा १५ करोड ८० लाख रुपैयाँ बन्दा बढि मूल्यमा बिक्री भएको छ । यो अहिलेसम्मकै कीर्तिमानी मूल्य हो भने गत बर्षको भन्दा तीन गुणा बढी हो । उत्तर पूर्वी जापानमा भेटिएको २ सय २२ किलोको टुना कीर्तिमानी मूल्यमा बिक्री भएको बीबीसीले जनाएको छ । उक्त माछाको मूल्य प्रतिकिलो ७६ सय डलर अर्थात ८० लाख ८ हजार ८ सय परेको छ । अघिल्लो बर्ष यही बजारमा करिव तीन गुणा कम मूल्यमा एउटा माछा बिक्रि भएको थियो ।यति महंगो माछा कसले खान्छ होला भनेर तपाई चकित पर्नुभयो ? खासमा यो किनबेच केवल प्रचारका लागि मात्र हो । माछाको मूल्य गुणस्तर वा कुनै आधारमा तय हुने हैन् ।विक्रेता कियोशी किमुरा र खरिदकर्ता सुशी चेनले पनि मूल्य उच्च भएको स्वीकार गरेका छन् । यहाँको माछा उत्पादन र खपतलाई प्रोत्साहन गर्न हरेक बर्ष यस्तो किर्तीमानी मूल्यमा खरिदबिक्रि गर्ने गरेको उनले बताएका छन् ।खरिद लगत्तै त्यस्तो क्रेताले खरिद रद्द गरेका थिए । विश्वभर उत्पादित टुनाको करिव आधा हिस्सा जापानमै खपत हुन्छ ।

You Might Also Like This

 

Pages