Friday, 11 January 2013
Prime StoryJanuary 11th 2013
सरकारले तराईमा शीतलहर र चिसोबाट ज्यान गुमाएका परिवारका आफन्तलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।मन्त्रिपरिषदको आज बसेको बैठकले शतलहरबाट पीडित विपन्न सर्वसाधारणलाई ‘एक परिवार एक कम्बल र काठदाउरा’ उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री बर्षमान पुनले जानकारी दिएएका थिए ।प्रभावित क्षेत्रमा स्थानीय प्रशासन र स्थानीयलाई एकीकृत रुपमा परिचालन गरी लत्ता कपडा वितरण गरिने छ ।त्यसै गरेर, त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालय बनाउने निर्णय गरेको सरकारले गरीबी निवारण कोषको उपाध्यक्षमा युवराज पाण्डेलाई नियुक्त गरेको छ ।बैठकले उद्योग मन्त्रालयका सहसचिव लक्ष्मण भट्टराईले दिएको राजीनामा स्वीकृती पनि गरेको मन्त्री पुनले एबताएएका थिए । स्वास्थ्य सेवा ऐन सहित सार्वजनिक सेवालाई समावेशी बनाउन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय समेत सरकारले गरेको छ ।सरकारले नेपाली सेनाका सात सहायकरथी र एक महासेनानीको पनि सरुवा गर्ने निर्णय गरेको थियो ।सरकारद्धारा तराई बासीलाई उपलब्ध गराउने भनेको एक थान कम्मलमा पनि अनिमियताता खुलासा भएको छ ।
