६ असार, चितवन ।
त्रिशुली नदीमा पौडने क्रममा नदिले बगाएर बेपत्ता भएका ५ जना मध्ये किशोरी मोनिका फेला परेकी छिन् । बेपत्ता भएको ६ दिन पछि मोनिकाको शव उद्दारकर्मीहरुले फेला पारेका हुन । अझै ३ जना किशोरी र एक किशोर बेपत्ता छन ।
उद्दारमा खट्टिएको कुरिनटार स्थित सशस्त्र प्रहरीका अनुसार मोनिकाको शव आज बिहान बिहान चितवनको घुमाउने त्रिशुली नदीमा भेटिएको हो । बेपत्ता भएका मोनिकाका दिदिबहिनी रजनी र लिजा अझै बेपत्ता छन । यस्तै मोनिकाका साथि अस्मिता थापा र जनक राउत पनि फेला परेका छैनन । सशस्त्र प्रहरीले ६ दिन देखी खोजिकार्य जारी राखेको छ ।
गत शनिबार छुट्टि मनाउन चितवनको भरतपुरबाट कुरिनटारस्थित त्रिशुली नदीमा पौडने क्रममा एक जनालाई बगाएपछि समाउन जाने क्रममा एकपछि अर्को गर्दै ४ किशोरी र एक किशोर बेपत्ता भएका थिए । घुम्न गएका मध्ये एकजनालाई भने केही भएन ।