Friday, 21 December 2012

25 को मृत्यु, २० हजार घरबारबिहीन


श्रीलंकामा विनाशकारी बाढी पहिरो, 25 को मृत्यु, २० हजार घरबारबिहीन,६ पुस - श्रीलंकामा भिषण वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । बाढीमा थुप्रैं बेपत्ता भएका छन्। 
गत तीन दिनदेखि परेको भारी बर्षा रोकिएको छैन ।बाढीका कारण ३ सय घर डुबानमा परेको छ भने २० हजार सर्वसाधारण घरबारबिहीन बनेका छन् ।श्रीलंकाको मध्य, उत्तरी र पश्चिमी क्षेत्र प्रभावित बनेको छ ।
ठाउँ ठाउँमा पहिरो गएकाले जंगली हात्तीहरु शहर पस्न थालेकाले उनीहरुलाई ब्यबस्थित गर्न श्रीलंकाली सरकारलाई कठिनाई भएको छ । बिजुली आपूर्ति बन्द हुँदा केही शहर अन्धकारमय
भएको छ । विद्यालय र कलेज बन्द हुनुका साथै हवाई तथा सडक यातायात समेत अवरुद्ध बनेको छ ।

You Might Also Like This

 

Pages