Friday, 21 December 2012

१८ वर्षमै करिब साढे ८ अर्ब रुपैयाँ का मालिक;-

पुर्खौली सम्पत्ति भए मात्र यहाँ करोडपति बन्न सकिन्छ ।मेहनत गरे प्रतिफल आउन आधा उमेर काट्नुपर्छ ।नेपाली परिवेशमा १८ वर्षका युवालाई हजार रुपैयाँ पनि बाबुआमाले उपलब्ध गराउनुपर्ने हुन्छ तर क्यानेडियन जस्टिन बिबर १८ वर्षको उमेरमै १० करोड ८० लाख अमेरिकी डलर (करिब साढे ८ अर्ब रुपैयाँ) का मालिक बनेका छन् ।उनलाई यो सम्पत्ति बाबुबाजेले दिएका होइनन् ।संगीतमा लागेको ३ वर्षमा उनले विश्वभरमा धेरैलाई आफ्नो संगीतको पुजारी बनाएर कमाएका हुन्।पहिले त उनले आफ्नो म्युजिक भिडियो युट्युबमा अपलोड गरे ।
गन्गमस्टाइलभन्दा अगाडि युट्युबमा सबैभन्दा बढी मन पराइएको भिडियो जस्टिनकै थियो,त्यसपछि मात्र उनले आफ्नो एल्बम तयार पारेर बजारमा ल्याएका हुन् ।सानो उमेरमा ‘बेबी’ गाएर उनले आफूलाई विश्वकै संगीत क्षेत्रमा स्थापित गरे ।यो गीतको भिडियोलाई ७४ करोड पटक हेरिएको थियो ।उनले बितेका १२ महिनामा मात्र ५ करोड ५० लाख डलर कमाए ।यसले उनलाई १८ वर्षमा पनि परिपक्क भइसकेको प्रस्टाउँछ ।तेस्रो एल्बमका साथै उनी विश्व भ्रमणमा समेत निस्किसके । यति मात्र होइन, जस्टिन विभिन्न कम्पनीका सेयरधनीसमेत बनिसकेको फोब्र्सले जनाएको छ ।उनले तीन वर्षमा १ करोड ५० लाख एल्बम बेचिसकेका छन् । दुई दर्जन मुलुकमा १ सय ५७ सांगीतिक यात्रा गरेका छन् ।उनको बायोग्राफी ‘नेभर से नेभर’ ले पहिलो सातामै ३ करोड डलर कमाएको थियो । उनले बक्स अफिसमा १० करोड डलर थुपारेका थिए । उनको अर्को ‘सम डे’ बजार भित्रिएको ६ महिनामै ६ करोड डलरको व्यापार गर्न सफल भयो ।जब उनी सञ्चारमाध्यममा २०१२ को सेलिब्रेटीको एक सय सूचीमा तेस्रो स्थानमा पुग्नु उनको आर्जनको अर्को शक्ति बन्यो।उनको टि्वटरमा मात्र २ लाख १० हजार फ्लोअर छन् । त्यसपछि मात्र यसअघि अग्रपंक्तिमा रहेकी गायिका लेडी गागाका फ्लोअर छन् । सामाजिक सञ्जाल फेसबुकमा त झन् अमेरिकी राष्ट्रपति बाराक ओबामा र गएको राष्ट्रपति चुनावमा ओबामाको प्रतिद्वन्द्वीका रूपमा देखिएका मिट रोम्नीको ‘फ्यान’ जोड्दा पनि जस्टिन अगाडि छन् । फेसबुकमा उनका ४ करोड ३० लाख फ्यान छन् ।

You Might Also Like This

 

Pages