Tuesday, 25 December 2012
Bird Flu in Kathmandu | December 25 2012
काठमाडौंको रामकोट ६ मा बर्डफ्लुको संक्रमण देखीएपछि सरकारी विशेषज्ञ सहितको टोलीले कुखुरा नष्ट गर्न जादा फार्मका एउटा पनि कुखुरा भेटिएन | बर्ड फ्लू लागेका सयौं कुखुरा रातारात कता गाएब भयो त? रामकोटको मञ्जुश्रीले पोल्ट्री फार्मका कुखुरा नष्ट गरिएको बताएका छन्। केही दिनअघि धादिङको धार्केमा पनि कुखुरामा बर्डफ्लु देखिएको थियो । बर्डफ्लु देखिएपनि डराउन नपर्ने पशु सेवा विभागले बताएको छ । बर्डफ्लु नियन्त्रणको काम तत्काल सुरु गरिसकिएको र रोग नियन्त्रणमा आउने क्रममा रहेको विभागको भनाई छ ।