Wednesday, 12 December 2012

कन्डम लगायर वेटर ले नांगा आइमाईको सरिर मा राखेर खान खुवाने अनौठो होटेल अमेरिकामा

अमेरिकामा नांगा युवतीका सरीरमा पाहुनालाई खाना पस्किने होटेल खुलेको समाचार केही समय पहिले सार्वजनिक भएको थियो । यस्तै अनौठो प्रकारको रेष्टुरेन्ट थाइल्याण्डमा पनि संचालनमा छ । थाइल्याण्डको एक प्रसिद्ध रेष्टुरेन्ट मानिने उक्त रेष्टुरेन्ट तथा रिसोर्टको विशेषता सुन्दा तपाइँलाई हाँसो उठ्नसक्छ । त्यो के भने, तपाइँ यदि उक्त रेष्टुरेन्टमा भोजनका लागि पुग्नुभयो भने कण्डमको टोपी लगाएका वेटर आउनेछन् र तपाइँको अर्डर लिनेछन् । क्याबेज एण्ड कण्डम रेस्टुरेन्ट एण्ड रिसोर्ट नामको उक्त रेष्टुरेन्ट वास्तवमा कण्डममय छ भन्दा फरक नपर्ला । जहाँ कण्डमकै कार्पेट छ, रेष्टुरेन्ट भित्र भएको प्लास्टिकका कृत्रिम रुखहरुमा समेत कण्डमकै फूल फूलाइएको छ । बैंककमा रहेको यो रेष्टुरेन्टमा पाहुनाको स्वागतमा एक पुतला उपस्थित हुन्छ जसले केवल कण्डम मात्रै लगाएको हुन्छ । रिसेप्सनमा कुनै सुन्दरी युवती छैनन्, केवल एक भाँडोमा कण्डम राखिएको छ । ढोका, टेबुल तथा कुर्सी लगायतका सबै डिजाइनमा कण्डमकै प्रयोग गरिएको छ । तपाइँलाई लाग्न सक्छ की यो रेष्टुरेन्टका मालिकले केवल अरुको ध्यान तान्नका लागि यो सब गरिरहेका छन् । तर होइन यसका मालिक थाइल्याण्डका पूर्व मन्त्री हुन् । उनको नाम हो मेकाई विरावैद्या । उनी एक सामाजिक कार्यकर्ता पनि हुन् र एचआइभी एड्सको विषयमा जागरुकता फैलाउने काममा सक्रिय छन् । सोही सिलसिलामै उनले उक्त कण्डम रेस्टुरेन्ट खोलेका हुन् । विरावैद्या मिस्टर कण्डमको नामले पनि चिनिन्छन् । एचआइभी एड्स जस्ता यौनरोगबाट बच्नका लागि गर्भपतन कम गर्न र जन्मदर समेत घटाउनका लागि कण्डमको प्रयोग सबैभन्दा राम्रो हुने कुराको चेतना फैलाउन आफुले कण्डम रेष्टुरेन्ट खोलेको उनको दाबी छ । रेष्टुरेन्टको नारा नै राखिएको छ, हामी ग्यारेन्टी लिन्छौँ की हाम्रो खानाले गर्भ रहँदैन ।

You Might Also Like This

 

Pages