Wednesday, 12 December 2012

सरकार नछाड्ने माओवादी र मधेसी मोर्चाको निर्णय


२७ मंसिर, काठमाडौं । सत्तारुढ एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाले यतास्थितिमा सरकार नछाड्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको शीर्ष नेताहरुको बैठकले प्याकेजमा सहमति नभए सरकार नछाड्ने अडान दोहोर्‍याएको हो । सरकारका प्रवक्ता समेत रहेका फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवे अनलाइनखबरसँग भन्नुभयो-’यतास्थितिमा सरकारको नेतृत्व कांग्रेस-एमालेलाई दिन सकिँदैन । पहिले व्याकेजमा सहमति हुनुपर्छ ।’
 माओवादी र मधेसी मोर्चाको बैठकले सहमतिको सरकार गठनका लागि थप समय दिन राष्ट्रपतिलाई आग्रह गरेको छ ।

You Might Also Like This

 

Pages