Monday, 17 December 2012

सुशीलबारे प्रचण्ड लचिलो, बाबुराम अझै अडानमा

२ पुस, काठमाडौं । राष्ट्रपतिले दिएको समयसीमा सकिने बेलामा कांग्रेस सभापति सुशील कोइरालालाई सत्ता हस्तान्तरण गर्नेबारे एकीकृत माओवादी अध्यक्ष प्रचण्ड लचिलो देखिनुभएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई पक्षले भने चुनावको सुनिश्चितता नहुँदासम्म संघीयता पक्षधरलाई माइनस गर्नेगरी सत्ता सुम्पन नहुने अडान अझै दोहोर्‍याइरहेको छ । ‘चुनावको सुनिश्चितता गरी संवैधानिक रिक्तता पूर्ण नहुँदासम्म र मधेस आन्दोलनलाई सम्बोधन नगर्दासम्म संघीयता पक्षधरहरुलाई माइनस गर्ने गरी सत्ता सुम्पन सकिँदैन ।’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले अनलाइनखबरसँग भन्नुभयो- ‘कांग्रेसले यी कुराहरु मान्यो भने निकास निस्कन्छ ।’कांग्रेस सभापति कोइरालालाई प्रधानमन्त्री बनाउनेबारे एमाओवादी अध्यक्ष प्रचण्डले सहमति जनाइसकेको एमाले अध्यक्ष झलनाथ खनालले दाबी गर्नुभएको छ । दुई दिन पहिले प्रचण्डसँगको भेटमा यस्तो कुराकानी भएको खनालको दाबी छ । राजनीतिक दलहरु प्रधानमन्त्रीको छिनोफानो गर्न सोमबार बेलुका नयाँ बानेश्वरमा बैठक बस्ने तयारी गरिहरेका छन् ।
उता, कांग्रेसका एक नेताले भने पार्टी अध्यक्षले सहमति गरिसकेपछि अरुले मान्नैपर्ने बताएका छन् । ‘तीनवटा दलका अध्यक्षले भनेपछि भैहाल्छ, बाबुरामले नमान्दैमा केही फरक पर्दैन ।’ ती नेतालेअनलाइनखबरलाई भने ।

You Might Also Like This

 

Pages