Monday, 17 December 2012
स्यम्वर र वैवाहिक कार्यक्रम
जनकपुरमा विवाहपञ्चमी महोत्सव;२ पुस,आज मंसिर शुक्ल पक्षको पञ्चमी तिथी अर्थात विवाह पञ्चमी । जनकपुरमा भगवान राम र सीताको वैवाहिक कार्यक्रम भएको सम्झनामा स्यम्वर तथा विवाह कार्यक्रम हुँदैछ । विवाह पञ्चमी महोत्सव अन्तर्गत आज दिउँसो १ बजेपछि जनकपुरको रंगभुमि मैदान बाह्र विगाहामा दुलही पक्ष जानकी मंदिरका महन्थ रामतपेश्वर दास बैष्णवले माता सीताको डोलासहित बाह्र बिगाह आउने कार्यक्रम छ ।
यस्तै दुलाहा पक्ष अयोध्याबाट राममन्दिरका महन्थ भगवान रामलाई डोलामा राखि स्यम्बरका लागि आउने कार्यक्रम छ । स्यम्वर कार्यक्रममा आज लाखौ श्रद्धालु भक्तजनहरुले सहभागिता जनाउदै छन् । विवाहसमारोहपछि संयुक्त रुपमा शोभा यात्राका साथ जनकपुरको नगरपरिक्रममा गर्दै जानकी मन्दिरमा पुग्ने कार्यक्रम छ । पहिले महोत्सव तिरहुतियागाछीमा मनाइन्थ्यो भने एक दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रम सहित मनाउने गरिएको छ ।
महोत्सवकै अवसरमा राम र जानकी मन्दिरलाई आकर्षक रुपमा सजाइएको छ । स्थानिय धनुषा सागर र गंगासागरमा स्नान गरी रामसीताको पूजाअर्चना गर्न र विवाह महोत्सव हेर्नका लागि नेपाल, भारत तथा अरु विभिन्न देशबाट आएका दर्शनार्थीको घुइचो लागेको छ । त्रेता युगमा भगवान रामले राजा जनककी छोरी सीतासँग विवाह गरेको दिनको सम्झनामा हरेक वर्ष मंसिर शुक्ल पञ्चमी तिथीमा राम सीताको विवाह गरी विवाह पञ्चमी मनाउने गरिन्छ ।