Thursday, 13 December 2012

मेस्सीको गोलको वर्षा रोकिएन, ८८ पुग्यो


२८ मंसिर, काठमाडौं । बार्सिलोनाका अजेन्टिनी स्टार लिओनल मेस्सीले आइतबार गर्ड मुलरको नाममा रहेको एकै क्यालेण्डर वर्षको सर्वाधिक गोलको कीर्तिमान भंग गरे । तर, उनी अझै गोल गर्न रोकिएका छैनन् ।
स्पेनिस कोपा डेल रे कप फुटबलको पाँचौं चरणको पहिलो लेगमा बार्सिलोनाले कार्डोबालाई २–० ले पराजित गर्दा दुबै गोल मेस्सीले गरेका हुन् । यो सँगै सन् २०१२ मा उनले बार्सिलोना र अजेन्टिनाका लागि ८८ गोल गरिसकेका छन् ।
आइतबार ला लिगामा बार्सिलोनालाई रियल बाटिसविरुद्ध २–१ को जित दिलाउने क्रममा दुबै गोल मेस्सीले गरेका थिए । यससँगै गर्ड मुलरले सन् १९७२ मा जर्मन र बार्यन म्युनिखका लागि गरेको ८५ गोलको कीर्तिमान भंग गरेका थिए ।
यो वर्ष उनले अझै बार्सिलोनाबाट २ खेल खेल्ने छन् । अब एक वर्षमा सय गोल पु¥याउने हो भने उनले प्रतेक खेलमा ६ गोल गर्नु पर्नेहुन्छ । तर, २५ वर्षे स्टार मेस्सी आफ्नो कीर्तिमान भन्दा टिमको जितलाई मुख्य मान्छन् ।
बार्सिलोनले जित हात पार्दा चिरप्रतिद्वन्द्वी रियल मड्रिड भने सेल्टाभिगोसँग भएको अबे खेलमा १० वर्षपछि पहिलो पटक पराजित भएको छ । सेल्टाभिगोले रियललाई २–१ ले पराजित गरेको हो । अब क्वाटरफाइनलमा पुग्न रियलले जनवरी ९ मा हुने दोस्रो लेग फराकिलो अन्तरले जित्नु पर्नेछ ।

You Might Also Like This

 

Pages