Thursday, 13 December 2012

राष्ट्रपतिले भने- भैंसी चराएर आएको जोगी हुँ, किन डराउने ?


२८ मंसिर, काठमाण्डौ । राष्ट्रपति डा. रामबरण यादवले आफुलाई ‘जोगी’ भन्दै असंवैधानिक कदम चाल्छ कि भनेर नडराउन सत्तारुढ दलहरुलाई आग्रह गर्नुभएको छ ।
कसैले राष्ट्रपति सक्रिय हुन खोज्यो भनेका छन’अर्घाखाँचीको हरिहर संस्कृत उच्च माविको हिरक महोत्सवमा बुधबार सम्बोधन गर्दै राष्ट्रपतिले भन्नुभयो-’भैंसी चराएर आएको जोगिसित किन डराउने ? म संबिधानको संरक्षक हुँ, जुन बाटोबाट आएको हुँ त्यसैअनुसार काम गरेको छु ।’
‘भैंसी गोठालो हुँदै आएको म जनताको छोरो कहिल्यै फस्दिन’ राष्ट्रपतिले भन्नुभयो- शासन गर्न आएको फस्छ, अहिले देश संकटमा छ, म निकाश दिन आएको हुँ, समाधान गरेरै छाड्छु ।’
राष्ट्रपतिको सम्बोधनलाई आजका सवैजसो दैनिक पत्रिकाले प्राथमिकताका साथ छापेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले आफुले राजनीतिक संकट समाधान गर्ने बिश्वास दिलाउँदै चिन्ता नलिन आग्रह गर्नुभयो ।
दलहरुको त्रुटीका कारण संबिधानसभा बिघटन भएको भन्दै राष्ट्रपतिले देशको समस्या कसरी समाधान गर्ने भन्नेतिर चिन्तित हुन दलहरुलाई आग्रह गर्नुभयो ।
राष्ट्रपतिले सहमतिय सरकार बनाउने तेस्रो पटक दिएको समय बुधबार सकिएपछि आज फेरि चार दलका शीर्ष नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

You Might Also Like This

 

Pages