नबराज पन्थी
कुवेतसीटी । नेपाल पत्रकार महासंघ कुबेत शाखाको प्रथम अधिबेसन सम्पन्न भएको छ । कुबेतको आबशियास्थित अपसरा हलमा शुक्रबार नेपाली दुताबास कुबेतका राजदूत मधुबन प्रसाद पौड्यालको प्रमुख आथित्यता नेपाल पत्रकार महासंघले अधिबेशनको लागि खटाएका केन्द्रीय सदस्य प्रताब बिस्टको बिशेष उपस्थितिमा अधिबेसन सम्पन्न भएको हो । तदर्थ समितिका उपाध्यक्ष जय आलेको सभापतित्व तोयानाथ दाहालको संचालनमा सम्पन्न कार्यक्रममा इन्द्र भुषालले स्वागत मन्तब्य राखेका थिए ।
प्रमुख अथिति पौड्यालले दिप प्रज्वलन गरि अधिबेसनको उद्घाटन गर्दै सधै सत्य तथ्य र यथार्थ समाचार लेख्न आग्रह गर्दै आफ्नो मन्तब्य राख्नु भएको थियो । भने एक कथाकार, पत्रकार र कुटनितिज्ञको नाताले सधै पत्रकारिता प्रति आफ्नो झुकाब, माया र सम्बन्ध रहेको कुरा बताउनु भएको थियो। बिशेष अथिति प्रताब बिस्टले पत्रकारिता पाठकहरुमा निर्भर हुने हुदा ब्रेकिङ्ग न्युज दिने चक्करमा गलत समाचार आउँन नहुने भन्दै प्रबासको पत्रकारिता आफ्नो समय परिस्थितिलाई ख्याल गर्दै कलम चलाउन सुझाब दिनु भएको थियो । सुजन केसी, हरिकृष्ण न्यौपानेले कुबेतमा नेपाली पत्रकारिताको बिकासमा आएको आरोहअवरोहको बारेमा चर्चा गर्नु भएको थियो ।