Sunday, 2 December 2012

काँग्रेस नेता तामाङको अन्त्येष्टी गरियो (फोटो फिचरसहित)

१७ मंसिर, काठमाण्डौ । नेपाली काँग्रेसका नेता भीमवहादुर तामाङको आइतवार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ । हृदयघातका कारण शनिवार विहान निधन भएका नेता तामाङको आइतवार दिउँसो वौद्ध परम्परा अनुसार स्वयम्भूमा अन्त्येष्टी गरिएको हो ।
उहाँको छोरा दिपकले दागवत्ति दिनु भएको थियो । अन्त्यष्टी अघि कांग्रेस सभापति सुशील कोइरालासहितका नेता कार्यकर्ताले तामाङप्रति अन्तिम श्रद्धाञ्जली दिएका थिए भने सशस्त्र प्रहरीले सलामी दिएको थियो । त्यसअघि कांग्रेस कार्यालय सानेपाबाट शव यात्रा निकालिएको थियो ।
यसअघि शनिवार प्रधानमन्त्री डा वावुराम भट्टराई, काँग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरवहादुर देवा, उपसभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल लगायतका नेता तथा कार्यकर्ताहरु सानेपा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
यस्तै काँग्रेसले तामाङको निधनवाट पार्टीलाई अपुरणिय क्षति पुगेको भन्दै आजदेखि तीनदिनसम्म सम्पूर्ण जिल्लाका पार्टी कार्यालयका झण्डा आधा झुकाउने र योअवधिमा कुनै औपचारिक कार्यक्रम नगर्ने भएको छ । १३ औँ दिनको पुन्य तिथीमा ७५ जिल्लामै शोकसभाको आयोजना गर्ने काँग्रेसले जनाएको छ ।

You Might Also Like This

 

Pages