Sunday, 2 December 2012

अफगानिस्तानमा नाटोको शिविरमा हमला, ११ जनाको मृत्यु

अफगानिस्तानमा नाटोको शिविरमा हमला, ११ जनाको मृत्यु
काबुल, मंसिर १७, अफगानिस्तानको राजधानी काबुलको पूर्वी क्षेत्रमा आईतवार तालिबानको आत्मघाती आक्रमणकारीहरूले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)को शिबिरमा आक्रमण गरेको छ ।
यस आक्रमणमा परि ११ जना मानिसहरूको मृत्यु भएको बताइएको छ । समाचार एजेन्सी सिन्हवाका अनुसार, पूर्वी प्रान्त नान्गरहरको राजधानी जलालाबादमा पनि अन्य दुइ जना मानिसहरू मारिएका छनं ।
काबुलमा तालिबानका आत्मघाती आक्रमणकारीले आइतबार बिहान ६ बजे नाटोको शिबिरमा आक्रमण गरेका थिए । यसपछि आतंकवादि तथा सुरक्षा बलका बिचमा अन्धधुन्द गोलीबारी भएको थियो ।
अहिले सम्म यो कुरा स्पष्ट भैसकेको छैन कि, मर्नेहरूमा नाटोका सैनिक थिए वा आतंकवादी । यद्दपी सूत्रहरूका अनुसार यस आक्रमणमा परि एक अफगान सुरक्षाकर्मीको मृत्यु भएको छ, साथै अन्य विदेशी सैनिक र अफगान सेनाका जवानहरू घाइते भएका छन् ।
नाटोको हेलीकप्टरहरूले यस क्षेत्रमा उडान भरेको तथा आक्रमणकारीहरूमाथि गोलाबारी गरिरहेको देखिएको थियो । विस्फोटनका कारण यस क्षेत्रमा निकै समय कालो धुवाँ देखिएको थियो ।
तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले यस आक्रमणको जिम्मेवारी लिएका छन् । तालिबानले एक न्यूज एजेन्सीलाइ टेलीफोन गरि उसले जलालाबाद विमानस्थलमा आक्रमण गरेको बताएको थियो ।
तालिबानका अनुसार उग्रवादी विमानस्थलमा पसेका छन् । अफगान सरकारका अधिकारिहरूले पनि यस कुराको पुष्टि गर्दै भनेका छन् कि विमानस्थल परिसरमा संघर्ष भएको छ ।
एक सुरक्षा गार्डले पनि शुरूमा भएको भीषण विस्फोटन पछि विमानस्थलमा राकेट चालित ग्रिनेड, मोर्टार र साना हतियारहरूद्वारा आक्रमण भएको थियो ।
(एजेन्सी)

You Might Also Like This

 

Pages