क्रिसमस मनाउने सबैको आ-आफ्नै शैली छ । तमाम सजावटका साथमा अग्लो क्रिसमस ट्री लगाएर मनिसहरु क्रिसमसलाई यादगार बनाउँछन् ।
जापानमा सुनको कारोबार गर्ने एक स्टोरले २ मिलियर डलर मूल्य पर्ने सुनको क्रिसमस ट्री बनाएको छ । आठ फुट अग्लो र ३ फुट चौडाई भएको क्रिसमस ट्रीमा १२ किलो सुन छ । यसलाई १० कालिगढले २ महिना लगाएर बनाएका हुन् । सुनको बजार मूल्यलाई हिसाव गर्दा यो मूल्य महंगो पर्ने भएपनि बनाउन लागेको समयका कारण महंगो पर्न गएको उत्पादकको दावी छ ।