Friday, 21 December 2012

त्रिशुलीमा ट्रक बेपत्ता


६ पुस, धादिङ । बस र ट्रक एकआपसमा ठोक्किंदा सिमेन्ट बोकेको ट्रक बिहीबार राती त्रिशुली नदीमा बेपत्ता भएको छ । काठमाण्डौंबाट सर्लाही जाँदै गरेको ना ३ ख ९५८६ नम्बर यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको ट्रक राती एक बजेतिर धादिङको जोगिमारास्थित ज्यामिरेमा ठक्कर खाँदा ट्रक त्रिशुलीमा खसेको हो ।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बेपत्ता ट्रकको खोजीका लागि सशस्त्र प्रहरी टोली रातिदेखि नै सक्रिय छ । ट्रकमा कति जना थिए भन्ने एकिन नभएको प्रहरीले जनाएको छ । ठक्करबाट बसका ८ यात्रु घाइते भएका छन् । घाइतेहरुको मलेखुस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

You Might Also Like This

 

Pages