Friday, 21 December 2012

फेसबुकबाट ठगी गर्ने महिला पक्राउ


६ पुस, चोरी र ठगी गर्नेले नयाँ नयाँ तरिका प्रयोग गरेर सर्वसाधारणलाई झुक्याउने गर्छन् । मोरङ केराबारीकी एक महिलाले भने नयाँ तरिकाले ठगी गरेर सबैलाई चकित बनाईदिइन् ।
केराबारी १ की २४ बर्षकी सुनिता राईले आफ्नै बहिनीको फोटो राखेर फेसबुक एकाउन्ट बनाइन् । विदेशमा रहेका एक नेपालीलाई प्रेमजालमा पारिन् । अनि आफैँ प्रेमिकाकी दिदि बनेर किनमेल गराइन् । त्यसपछि प्रेमीको घरमा गएर जेठीसासु बनेर केही दिन बसिन् । अनि गरगहना, नगद र लत्ताकपडा चोरेर अलप भइन् ।
मोरङबाट चोरी गरेर भागेकी उनी पाँचथरमा तीन महिनापछि पक्राउ परिन् । उनी पक्राउ परेपछि उनका दर्जनौ ठगीका घटना खुलासा भएको अन्नपूर्ण पोष्टसहितका विभिन्न दैनिक पत्रिकामा खबर छ ।
सुनिताले पथरी १ का संजीव राईसँग ६ बर्ष अघि प्रेम विवाह गरिन् । केही वर्षपछि उनलाई संजीवले छाडिदिए । त्यसपछि उनले सुनसरीको इटहरीमा साइबर क्याफे चलाइन् । केही महिना साइबर क्याफे चलाएपछि त्यहाँको घरभाडा र अन्य ऋण पनि नतिरी फरार भईन् । नयाँ नयाँ केटा साथी बनाउनु र उनीहरुसँग घुमघाम गरेर ठग्दै हिँड्नु उनको सोख बन्यो ।
धेरैलाई साना साना गठी गरिसकेपछि उनलाई ठगीको नयाँ जुक्ति फुर्यो । उनले g_butiful@yahoomail.com नामको इमेल आइडी बनाएर आफ्नी बहिनी एन्जिला राईको फोटो राखेर नयाँ साथी बनाउन थालिन् जहाँ उनको भेट भयो बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका मोरङ सुन्दरपुरका मनोज लिम्बुसँग । लामो समयसम्म निरन्तर कुरा हुन थालेपछि उनीहरुबीच बिवाह गर्ने सम्झौता भयो ।
मनोज नेपाल आएपछि सुनिताले आफु केटीको दिदि भएको भन्दै काठमाण्डौं आएर लुगाकपडा,गरगहना लगायतका सामान किनेको र पछि घरमा एक हप्ता बसेर सबैलाई विश्वस्त पारेर घरको जिन्सी सहित ४० हजार नगद चोरेर फरार भएको मनोजले बताएका छन् ।

You Might Also Like This

 

Pages