Sunday, 30 December 2012

पाकिस्तानले भारतलाई ६ विकेटले हरायो;-

भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेट पाकिस्तानले ६ विकेटले जितेको छ । यससँगै तीन एकदिवसीयको श्रृखलामा पाकिस्तानले १-० को अग्रता लिएको छ । भारतले प्रस्तुत गरेको २ सय २८ रनको लक्ष्य पाकिस्तानले ४८ दशमलव १ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । उसको जितमा नासिर जमशेदले १ सय १ रन बनाए । निकै खराव सुरुवात गरेको पाकिस्तानको पारी नासिद र युनुस खानले सम्हालेका थिए । युनुसले ५८ रन बनाए भने शोयब मल्लिकले ३४ रन जोडे ।
यसअघि पहिले व्याटिङ गरेको भारतले कप्तान महेन्द्रसिंह धोनीको शतकको मदतमा ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय २७ रन बनाएको थियो । धोनीले १ सय १३ रन बनाए भने सुरेश रैनाले ४३ र आर अश्विनले ३१ रन जोडे । पाकिस्तानका जुनैद खान एक्लैले चार विकेट लिए ।

You Might Also Like This

 

Pages