Sunday, 30 December 2012
बलिउडमा सलमान र साहरुखको बर्चस्व, आमिरलाई धक्का;-
सन् २०१२ बलिउडका लागि सुखद बन्यो।यो बर्ष १२६ हिन्दी सिनेमा प्रदर्शनमा आएका छन्।तर बलिउड स्टारहरुले अभिनय गरेका सिनेमाले मात्र १00करोडको क्लबमा आफुलाई उभ्याए।जसले गर्दा पनि बलिउड व्यापारीक रुपमा निक्कै माथी उक्लियो।बलिउडका स्टारहरुले अभिनय गरेका सिनेमाले १00करोडको व्यापार गर्नु सामान्य जस्तै बनेको छ।बलिउडमा यो बर्ष कस कसको राज चल्यो त?
1.सलमान खानःयो बर्ष सबैभन्दा भाग्यमानी नायकको रुपमा सलमान खान दहरिए।उनले अभिनय गरेका २ सिनेमाले बक्सअफिसमा कमाल मच्चाएपछि सलमान पैसा छाप्ने मेसिन जस्तै बने।उनले अभिनय गरेको ‘एक था टाइगर’ले अधिकांश रेकर्ड तोड्दै १९९ करोडको व्यापार गर्यो।यस्तै,यो बर्षको अन्त्यमा प्रदर्शनमा आएको ‘दबंग२’ले समेत आफुलाई १00करोडको क्लबमा ६ दिनमानै उभ्याइसकेको छ।सिनेमा चल्नका लागि कथावस्तु, निर्देशक र नायिका भन्दा पनि सलमानको नाम बिक्यो यो बर्ष। 2.साहरुख खान:बलिउडमा बादशाह, किङ खान जस्ता उपाधी पाएका साहरुखले यो बर्ष पनि आफ्नो बर्चस्वलाई डगमगिन दिएनन् उनले अभिनय गरेको एक मात्र चलचित्र ‘जब तक हे जान’ले भारतमा ‘सन अफ सरदार’सँगको भिडन्तका बाबजुत पनि १२२ करोड माथीको व्यापार गर्यो।उनी यो बर्ष भारतमा मात्र नभई ओभरसिजका समेत किङको रुपमा उदाए।‘जब तक हे जान’ले ओभरसिजमा सम्पूर्ण रेकर्ड तोड्दै आफुलाई अग्रपंक्तिमा उभ्यायो।यसले साहरुखको अघि ओभरसिजमा अन्य नायकको उपस्थितीलाई फिक्का बनाइदियो।यसैबर्ष उनले मोरक्को,मलेसिया सरकारबाट समेत सम्मान थापे। साहरुखलाई युनेस्कोले च्यारेटीमा योगदान पुर्याएबापत पुरस्कृत पनि गर्यो। 3.अक्षय कुमारः बलिउडमा खेलाडीको उपनामले चिनिएका अक्षय कुमारले अभिनय गरेका ‘हाउसफुल २’,‘राउडी राठोर’,‘ओ माइ गड’‘जोकर’र‘खेलाडी’ ७८६ गरी ५सिनेमा प्रदर्शनमा आए।जसमध्ये‘राउडी राठोर’ले १३५करोडको व्यापार गर्यो।‘जोकर’व्यापारीक रुपमा असफल भएपनि अक्षयको करिअरलाई कुनै असर परेन।यो बर्षको अन्तिम महिनामा प्रदर्शनमा आएको खेलाडी ७८६ पनि सय करोड नजिक पुगिसकेको छ। 4.आमिर खानः चलचित्र ‘तलाश’ व्यापारीक रुपमा सफल मानिए पनि आशा गरेअनुसारको चल्न सकेन । ३ बर्षपश्चात पर्दामा देखिएका नायक आमिर खानले प्रतिक्षालाई चुम्न सकेनन् । चलचित्रले सय करोडको व्यापार गर्न नसकेपछि आमिर यो बर्ष केही पछि धकेलिए । बलिउडमा तिन खानको बर्चस्व छ भन्नेहरुका लागि आमिर यो बर्ष उदाहरण बन्न सकेनन् । सलमान र साहरुखका अघि आमिर यो बर्ष जम्न सकेनन् ।