Thursday, 27 December 2012

अरूका ब्वाईफ्रेन्ड देख्दा रहर लाग्छ

कसरी बित्दै छन् दिनहरू? बिहान कलेज, दिउँसो अफिस वा सुटिङ, यस्तै त हो नि। फेरि पढ्ने जाँगर चल्यो? मास्टर्स नगरी भएन भनेर पढ्न थालेकी छु। ग्ल्यामर फिल्डलाई बाई-बाई गर्ने सोच हो? होइन। तत्कालका लागि पढाइ र कामको तारतम्य मिलाउँछु। अहिलेसम्म कति वटा खेलियो म्युजिक भिडियो? २० वटा जति पुगे। फिल्ममा ट्राई नगरेको? सुहाउने रोलै भेटिरा' छैन। कस्तो खोजेको हो? रोमान्टिक र एक्सनवाला रोल मलाई सुहाउँछ। रोनाधोना र एक्सपोज गर्ने भूमिका मन पनि पर्दैन। वास्तविक जीवनमा कत्तिको रोमान्टिक हुनुहुन्छ? अरूले हेर्दा रोमान्टिकजस्तै देखिन्छु। अरूलाई पीडा कहिल्यै देखाउँदिनँ। अहिलेसम्म ब्वाईफ्रेन्डको धोका खाइएको छैन? ब्वाईफ्रेन्ड बनाएकै छैन। अनि कसरी धोका खानु? खुब पत्याइयो! कसैले पत्याउँदैन। त्यसैले बहस गर्नुभन्दा ब्वाईफ्रेन्ड छ तर विदेशतिर छ भनेर टार्ने गरेकी छु। दौँतरीका देख्दा रहर त लाग्दो हो? बिदाको दिन र चाडबाडमा साथीहरू ब्वाईफ्रेन्ड र गर्लफ्रेन्डसँग घुम्न जान्छन्, त्यतिबेला रहर लाग्छ। मलाई मन पर्ने केही व्यक्तिसँग नजिकिने प्रयास पनि गरेँ। तर, व्यवहार चित्तै बुझेन। कस्तो मान्छे मन पर्छ त?
मलाई बुझिदिने। अर्को कुरा, हेप्ने खालको नहोस्। ब्वाईफ्रेन्डको सुन्दरताको मापदण्ड? धेरै गोरो नहोस्। अग्लो होस्। आँखा ठूला होउन्। आफू चाहिँ कत्तिको राम्री छु जस्तो लाग्छ? छ्या भन्ने छैन। राम्री बन्न के-के गरिन्छ? नियमित जिम जान्थेँ। केही समयदेखि त्यो छुटेको छ। ग्रिन टी पिउँछु। अलिअलि मेकअप गर्छु। मेकअप गर्न कति समय लाग्छ? हतार छैनभने आधा घण्टासम्म लगाउँछु। नत्र पाँच मिनेटमै सक्छु। गाजल चाहिँ सधैँ लगाउँछु।

You Might Also Like This

 

Pages