Thursday, 27 December 2012
जर्ज बुसलाई विसन्चो, आइसियुमा उपचार
अत्याधिक ज्वरोले थलिएपछि अमेरिकका पूर्व राष्ट्रपति जर्ज बुस (सिनियर) लाई सघन उपचार कक्षमा सारिएको छ। पछिल्लो एक महिनामा बारम्बार अस्पताल भर्ती भएका बुसको अवस्था खराव भएपछि उनलाई आइसियुमा लगिएको हो।
बुसका प्रवक्त जिम म्याकग्रिथका अनुसार उनलाई अस्टिनस्थित मेथोडिस्ट अस्पतालमा भर्ना गरिएको थियो। मिल्टोनमा जन्मिएका बुसले शितयुद्धताका अमेरिकी सत्ता सम्हालेका थिए। उनी राष्ट्रपति हुँदा वर्लिनको पर्खाल भत्किएको थियो। पूर्व राष्ट्रपति बुस ८८ वर्षका हुन्।